Back

ⓘ एडुवार्ड बेर्नश्टाइन - जर्मन सामाजिक-जनवादको र दोस्रो इन्टरनेसनलको घोर अवसरवादी धाराका एक जना नेता, संशोधनवाद तथा सुधारवादकअ सिद्धान्तकार । उनी उन्नाइसौँ शताब्द ..



एडुवार्ड बेर्नश्टाइन
                                     

ⓘ एडुवार्ड बेर्नश्टाइन

एडुवार्ड बेर्नश्टाइन - जर्मन सामाजिक-जनवादको र दोस्रो इन्टरनेसनलको घोर अवसरवादी धाराका एक जना नेता, संशोधनवाद तथा सुधारवादकअ सिद्धान्तकार । उनी उन्नाइसौँ शताब्दीको आठौँ दशकको मध्यदेखि सामाजिक-जनवादी आन्दोलनमा सरिक भएका थिए । सन् १८८१ देखि १८८९ सम्म जर्मन सामाजिक-जनवादी पार्टीको केन्द्रीय मुखपत्र का सम्पादक रहे । सन् १८९६-१८९८ ताका Die Neue Zeit पत्रिकामा समाजवादको पूर्वाधारहरू र सामाजिक-जनवादको कार्यभार भन्ने शीर्षकअन्तर्गत छुट्टै पुस्तकको रूपमा प्रकाशित गरियो । यस रचनामा उनले खुलस्त रूपमा नै क्रान्तिकारी मार्क्सवादका दार्शनिक, आर्थिक तथा राजनीतिक आधारहरूमा संशोधन ल्याउने आह्वान गरेका थिए । पुँजीवादअन्तर्गत मजदुरहरूको आर्थिक अवस्था राम्रो तुल्याउने हेतुले सुधारको निम्ति संघर्ष गर्नुलाई बेर्नश्टाइनले मजदुर आन्दोलनको मुख्य कार्यभार घोषित गरे, साथै "आन्दोलन नै सबैथोक हो, अन्तिम लक्षय त केही पनि होइन" भन्ने अवसरवादी सूत्रवाक्य प्रस्तुत् गरे । प्रथम विश्वयुद्ध को अवधिमा उनले सामाजिक-अन्धराष्ट्रवादी स्थिति अपनाएका थिए । त्यसपछिका वर्षहरूमा पनि साम्राज्यवादी पुँजीजीवीवर्गकै नैतिको समर्थन गर्दे रहे र अक्टोवर समाजवादी क्रान्तिको तथा सोभियत सङ्घको विरोध गरे ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →